समाचार तथा गतिविधि
राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध
रेडियो डोल्पा एफ.एम.
डोल्पा ९ कात्र्तिक
अवसर छोपेर अपराधिक क्रियाकलाप नहोस् भन्ने हेतुले तिहारको बेला खेलिने देउसी भैलो राति १० बजे पछि खेल्न जिल्ला प्रशासन कार्यलय डोल्पाले रोक लगाएको छ । नाच गान गर्ने, देउसि भैलो राती १० बजे भन्दा पछाडि नगर्न जिल्ला प्रशासन कार्यलय डोल्पाले एक सूचना जारी गरी सबैमा आग्रह गरेको छ ।
चाडवाडका समयमा रमाइलो गर्ने मादक पदार्थ सेवन गर्ने अनावशेक हो हल्ला गर्ने जस्ता क्रियाकलापले समुदायको शान्ती पुर्ण वातावरण खलबलिने हुदा र झै भगडा हुने, विभिन्न अपराधहरु हुन सक्ने भएकाले राति १० बजेपछि देउसी भैलो खेल्न बन्द गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
तिहारको बेला पटका अतिसबाजि जस्ता विस्फोटक पदार्थ नपट्काउन र बिक्रि वितरण नगर्न सम्पुर्ण व्यापार व्यवसायीहरुलाइ जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह गरेको छ । साथै अत्याधिक मात्रामा खेलीने जुवा तास झण्डी खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनु भयो ।
यदि कसैले सचेत गराउदा गराउदै पनि अटेरगरी कानुन विपरीत काम गर्न खोजेमा कानुन अनुसारकोे कारबाही गरीने पनि प्रजिअ केशरीले बताउनु भयो ।
tkfO{sf] dt
Loading...
sd{rf/L ljj/0f
cfh k|;f/0f x'g] sfo{s|dx?
साँझको समाचार
7:00 pm-7:30 pm
साझा खबर (साँझ)
7:30 pm-8:00 pm
बी.बी.सी. नेपाली सेवा
8:45 pm-9:00 pm
सबै हेर्नुहोस्





